गरिबको तिहारः न उमंग न उल्लास, दैनिक गुजारा चलाउन सडकमा [फोटोफिचर]

गरिबको तिहारः न उमंग न उल्लास, दैनिक गुजारा चलाउन सडकमा [फोटोफिचर]


काठमाडौं । तिहार नेपालीहरूको दसैंपछिको दोस्रो ठूलो चाड हो । झिलिमिली बत्ती, मीठो खानपिन र रमाइलो मोडमा गाउँ तथा सहर छ । तर, यही चाडमा धेरै नेपालीहरूको दैनिकी अति नाजुक हुँदा घर चलाउन विशेषगरी चाडपर्वको बेलामा पनि काम गर्नुपर्ने बाध्यता छ ।

गरिब तथा विपन्न वर्गका मानिसहरूका लागि तिहारकाे दिन पनि अन्य दिनकै जस्तो छ भन्दा फरक पर्दैन । तिहारमा सबैले नयाँ लुगा लगाउने, मीठो खाने र आफन्तसँग भेटघाट गर्ने चलन छ। । तर, गरिब परिवारका लागि यी सबै कुराहरू सपना जस्तै लाग्छ ।

उनीहरूका लागि तिहार दैनिक गुजारा चलाउने संघर्षमै बितिरहेको छ । बालबच्चालाई नयाँ लुगा किनिदिन नसकेर उनीहरूकाे मन खिन्न छ । मीठो खाने कुराको त कुरै नगरौँ, एक छाक टार्नै मुस्किल पर्नेहरूका लागि पर्व मनाउनु भनेको विलासिता नै हो ।

तिहारमा पनि गरिबहरूले आफ्नो दैनिकी काममा व्यस्त रहन्छन् । उनीहरूले ज्यालादारी काम गरेर जेनतेन जीवन चलाउँछन् । तिहार जस्तो चाडमा पनि उनीहरूलाई विश्रामको फुर्सद हुँदैन । उनीहरूले घरको कामकाज सँगसँगै बाहिर गएर काम गर्नुपर्छ । उनीहरूको जीवनमा चाडपर्व भन्दा पनि दैनिक गुजारा चलाउनु नै ठूलो चुनौती बनेको हुन्छ ।

Skip This
Skip This
Logo