देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
देशवासीका नाममा प्रधानमन्त्रीले के के भने ? (पढ्नुहोस् पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गरेका छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गरेका हुन् । सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजेबाट सुरु भएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेका थिए।
कञ्चनपुरमा कसरी बरामद भयो १८ किलो सुन ?
कञ्चनपुरमा प्रहरीले १८ किलो सुन बरामद गरेको छ । पुर्नवास नगरपालिका– २ दशरथबस्तिमा शंकर विकको घरमा लुकाईराखेको अवस्थामा प्रहरीले १८ किलो बराबरका १ सय ८ विस्कुटको सुन बरामद गरेको हो । सुनसँगै २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन् । अनुसन्धान जारी रहेकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले बताउँदैं आएको छ । प्रहरीले कहिले २ जना तथा कहिले १ जना मात्र नियन्त्रणमा लिईएको बताउँदैं आएको छ ।
क्रिकेट र फुटबल खेलाडीलाई एक करोड ५६ लाख पुरस्कार, यी हुन् मन्त्रिपरिषद् निर्णयहरु
सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुको प्रोत्साहनका लागि पुरस्कार दिने निर्णय गरेको जानकारी दिए ।
जनताबाट एक खर्ब उठाएर १९ आयोजना बनाइदै
सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्वपूर्ण कार्यक्रम घोषणा गरेको हो ।
जब प्रधानमन्त्रीले बौद्धिक व्यक्तित्वलाई ‘तिन तासे’ सँग तुलना गरे
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षदेखि मुलुक उज्यालोमय हुने दावी गरेका छन् । अर्को वर्षदेखि मुलुकभरको अन्धकार हटाएर अघि बढ्ने सरकारको लक्ष्य रहेको दाबी गरेका हुन् । जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि स्वदेशमै उत्पादन भएका विद्युत आयोजनाबाट नै मुलुक उज्यालो हुने बताए । उनले भने यो वर्ष त म भन्न सक्दिँन्, अर्को वर्षदेखि मुलुक अध्यारो हुन दिन्नौं ।
खुल्यो ‘नेपाल पानी जहाज कार्यालय’, राष्ट्रिय झण्डा राखेर कुदाईने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान एकान्तकुनामा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री ओलीले कार्यालयको उद्घाटन गेका हुन् । ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानी जहाज कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ ।
संशोधन मस्यौदा समितिको समयावधि थप
लाइसेन्स छाप्न ५ कराेडकाे ‘मास प्रिन्टर’, दैनिक ८ हजारसम्म छाप्न सक्ने
मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीद्वारा राजीनामा
सरकारले स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने
प्रधानमन्त्री ओलीले दिए ‘भ्यालेन्टाइन’ को शुभकामना
भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु
जिल्ला अस्पताल जहाँ नर्स समेत छैनन्
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो
स्वस्तिमाको ‘बुलबुल’ भ्यालेनटाइन डे मा प्रर्दशन
‘घाम जुन चाहिदैन’ मा प्रदिप र जसिताको रोमान्टिक मूड
‘प्रेम दिवस’ को पोष्टरमा पोखियो प्रियंका र आयुषमानको प्रेम
‘भ्यालेन्टाइन्स डे’ को शाब्दीक अर्थ
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया