लाइसेन्स छाप्न ५ कराेडकाे ‘मास प्रिन्टर’, दैनिक ८ हजारसम्म छाप्न सक्ने

लाइसेन्स छाप्न ५ कराेडकाे ‘मास प्रिन्टर’, दैनिक ८ हजारसम्म छाप्न सक्ने

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढाएको छ ।

एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले जानकारी दिए ।

“यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उनले भने, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै पाँच करोड पर्ने उपाध्यायले जानकारी दिए ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

Skip This
Skip This
Logo