(रामजी बलामी)
भनिन्छ ‘प्रेमको कुनै टुंगो हुदैन ।’ अर्थात यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि जम्न सक्छ र सानोतिनो हेल्चेक्राँईले गर्दा जुनसुकै बेला पनि फुट्न सक्छ । प्रेमको कुनै बार, तिथी र अवसर हुदैन । त्यसैले त भनिन्छ नि ‘प्रेम अन्धो हुन्छ ।’ को कतिबेला प्रेमजालमा फस्छ स्वयंलाई पनि अत्तोपत्तो हुन्न । तै पनि प्रियसीहरुबीचको प्रेममा खुराक थप्ने अर्थात मलजल गरेर प्रेम हुर्काउने खास अवसर हो – ‘भ्यालेन्टाइन्स डे’ ।
युवायुवतीहरु मात्रै होईन बिवाहित दम्पत्तीहरु पनि यो खास अवसर पारेर आफ्नो जम्दै गरेको प्रेममा मलजल गरेर हुर्काउन चाहन्छन । ‘भ्यालेन्टाइन्स डे’ प्रेम ब्यक्त गर्ने अवसर मात्रै नभएर प्रेमको महत्व बुझुने/बुझाउने दिन पनि हो । प्रेमको परिभाषा नै नबुझि आफ्नो जवानी विसाउनेकै लागि प्रेम गर्दा एक आपसमा मनमुताव सिर्जना भई प्रेममा बैमनस्यता उत्पन्न हुन सक्छ । तसर्थ यहाँ ‘भ्यालेन्टाइन्स डे’ लाई शब्दहरुमार्फत प्रेमको महत्व बुझाउने कोसिस गरेको छु ।
भी: भेरी गुड/भिजन
युवा होस अथवा युवती आफ्नो जीवनसाथी सर्वगुण सम्पन्न होस् भन्ने चाहन्छन् । यो स्वभाविक पनि हो किनकी उनकै साथ जीवन जिउनु छ । त्यसो त आफ्नो जिवनसाथी हरेक कोणबाट असल र सर्वाेत्कृष्ट होस भन्ने चाहनु स्वभाविक हो । भन्न खोजेको पनि त्यही नै हो कि आफ्नो लाइफ पार्टनर राम्रो मात्रै होईन धेरै राम्रो होस । अर्काे महत्पूर्ण कुरा के पनि हो भने आफ्नो पार्टनर कुनै एउटा निश्चित भिजनमा एकचित्त भएका व्यक्ति होस । यस्ता व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछन् ।
ए: अट्राक्टिभ/एक्टिभ
‘फर्स्ट इम्प्रेस इज लास्ट इन्प्रेस’ भन्ने भनाई नै प्रचलित छ । बाहिरी आँखाले झट्ट हेर्दा देखिने लुक्सले नै उनीप्रति सोच्ने शैलीमा फरक हुन्छ । त्यसो त बाहिरी पहिरनदेखि, मेकअप लगायत हिड्ने स्टाइल, बोल्ने तरिका, हाउभाउ र ब्यवहार समेत यसमा पर्छ ।
त्यसो त युवतीहरु स्मार्ट प्रेमीको खोजिमा हुन्छन् भने युवाहरु पनि स्मार्ट ब्युटी युवतीहरुको खोजीमा भौतारिरहेका हुन्छन् । यदि तपाई बाहिरी आँखाले हेर्दा अट्राक्टिभ देखिनु भयो भने तपाईको पछि लाग्नेहरु ताँती नहोला भन्न सकिन्न । तर स्मरणीय कुरा के पनि हो भने बाहिर मात्रै ह्याण्डसम/ब्युटी भएर हुँदैन भित्री व्यहार शैली पनि उत्तिकै असल र मायालु हुन नितान्त जरुरी छ । अर्काे कुरा तपाई ‘एक्टिभ’ हुन पनि जरुरी छ । किनकी एक्टिभ मान्छेले नै अरुको मन जितेर सफलता हासिल गर्न सक्दछ । कुनै काम कुरा गर्न अल्छी गर्नुभयो भने तपाईको यही गुणका कारण प्रियसी पाउन गाह्रो पर्न सक्छ । नजिकिएका प्रियसी पनि टाढिन सक्छ ।
एल: लभ लाइफ
जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा हो लभ अर्थात मायाँ । मान्छेहरु अरुबाट मायाँ नपाएको गुनासो पोख्छन तर आफूले अरुलाई मायाँ दिन नसकेको कुरा भुल्छन् । त्यसो त यदि तपाई अरुबाट गहिरो मायाँ चाहनुहुन्छ भने तपाई पनि अरुलाई त्यतिकै गहिरो मायाँ दिनुहोस् । अरुले मायाँ दिएन भनेर सोच्नु पहिले आफूले उसलाई कति मायाँ दिएँ भन्ने सोच्नुहोस तब समस्या आफै हल हुन्छ ।
जीवनमा एकाएक बहार आउछ । एकछिन अगाडिको तपाईको दिमाग तत्कालै हराभरा भएर उफ्रिन थाल्छ । माया प्रेमले सुसजित जीवन नै सुखी र खुसीयाली जीवन हो । संसार यसैमा अडेको छ तसर्थ मायाँ लिन र दिन कुनै कन्जुस्याँई गर्न हुँदैन । मायाँकै लागि तड्पिरहेकालाई एक पटक अघाउञ्जेल मायाँ दिएर हेर्नुहोस । तपाईलाई पनि मायाँको मुहान बर्सिन्छ । अनि तपाई दुवैको मन चंगा हुन्छ ।
ई: एजुकेड
जीवनको अति महत्वपूर्ण आधारभूत आवश्यकता हो शिक्षा । आफ्नो योग्यता क्षमता अनुसार प्रोफेशनल एजुकेड व्यक्तिलाई आफ्नो जीवन साथी बनाउनतिर लाग्नुहोस् । यसैमा तपाईको भविष्य उज्वल छ । सर्टिफिकेटका साथै व्यवहार र कार्यगत अनुभवले पाका व्यक्ति पनि एजुकेड हुन । तपाई दुईबीचको असमान शैक्षिक योग्यताका कारण पनि प्रेममा वाधा आउन सक्छ तसर्थ सुरुमै ख्याल राख्दा राम्रो हुन्छ ।
एन: नेचर
नेचर अर्थात स्वभावले नै सम्वन्धलाई मजबुद पार्छ । त्यसो त राम्रो स्वभाव भएका प्रियसी खोज्न सके जीवनभर खुसी रहन सकिन्छ । साथै सफलताको एउटा महत्वपूर्ण आधार पनि हो व्यक्तिको स्वभाव । अरु व्यक्तिले तपाईप्रति हेर्ने नजर तपाईको स्वभावमा भर पर्छ ।
टी: ट्यालेन्ट/टाइम
सबैको नजरमा पर्ने व्यक्ति हुन ‘ट्यालेन्ट पर्सन’ । महिला होस या पुरुष ट्यालेन्ट हुनु भनेको सफलता उन्मुख हुनु हो । जीवनमा सुखी र खुसीका लागि यस्ता व्यक्तिलाई जीवनसाथी बनाउनु पर्छ । अर्काे महत्वपूर्ण कुरा भनेको समयको सदुपयोग गर्ने व्यक्ति पनि हुन जरुरी छ । तपाईलाई भेट्नकै लागि समय भन्दा धेरै चाँडो अथवा धेरै ढिलो आउछ भने अरु कामका लागि त्यो व्यक्तिले समयको कसरी व्यवस्थापन गरेको होला ? तसर्थ आफू पनि समयको समुदयोग गरौ, आप्mनो प्रियसीलाई समयको सही सदुपयोग गर्न सिकाउनु होस् ।
आइ: इन्सपिरेसन
तपाईले यस्ता व्यक्तिलाई जीवनसाथी बनाउन जरुरी छ कि तपाईलाई हरेक कदममा प्रेरणादायक भूमिका खेलोस् , तपाईले गर्न लागेका काममा बाधा अल्झन र हतोत्साही होईन साथ, सहयोग र प्रोत्साहन गर्ने खालको व्यक्तिलाई जिवनसाथी बनाउन जरुरी छ ।
एन: नेचुरल
सौन्दर्य मात्रै होईन उसको बानी व्यवहार पनि नेचुरल हुँदा सुनमा सौन्दर्य हुन्छ । कतिपय आफ्नो गर्लफ्रेन्ड/व्वायफ्रेन्डका लागि अनेक नाटक रचेर आफूलाई बलियो/राम्रो देखाउन खेज्छन । तर यो लामो समय टिक्न सक्दैन । जब तपाईको नक्कली प्रस्तुती तपाईको पार्टनरले चाल पाउछ तव तपाई एकदम नराम्रो व्यक्तिका रुपमा दरिन पुग्छ । त्यसैले बरु आप्mनो असक्षमतालाई सिधै भन्न सकिन्छ । हरेक कुरामा सकभर नेचुरल हुने प्रयास गर्न पर्छ । नेचुरल भन्नाले मेकअप नै नगर्ने भन्ने जस्तो होईन ठिक्क/सुहाउँदो मेकअप गर्ने भन्ने हो । हरेक कुरामा लिमिट राखेर प्रस्तुत हुनु नै नेचुरल बन्नु हो ।
ई: एक्सपर्ट
तपाईले पार्टनर छनौट गर्दा कुनै विषयका विज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकतामा राख्नु भयो भने तपाईको भविष्य उज्वल हुन्छ । तव मात्रै दुवैको मनोभाव मिल्छ अनि घरजम सुन्दर हुन्छ । अल्लारे प्रवृतिले क्षणिक मस्ती रमाईलो त होला तर त्यसले पछि पछुटाउन सिवाय राम्रो नतिजा पक्कै दिँदैन ।
एस: स्मार्ट/स्याटीस्फाइ
हरेक युवती स्मार्ट युवाहरुको खोजीमा हुन्छन् भने हरेक युवाहरु ब्युटी युवतीको खोजीमा हुन्छन् । तसर्थ आफूलाई स्मार्ट/ब्युटी बनाउन कुनै कसर बाँकी नराख्नु होस् । कतिपय मान्छे सानोतिनो असन्तुष्टिले नै ठूलो पीडाको भारी महशुस गर्छन तर यो राम्रो बानी होईन । नभएको कुरामा भन्दा पनि आफूसँग जे छ त्यसैमा पूर्णतः सन्तुष्ट हुन सिक्नुहोस् ।
डी: डिसिप्लेन
आफ्नो पार्टनर छान्दा डिसिप्लेनलाई प्राथमिकताका साथ ख्याल गर्नुपर्छ । डिसिप्लेन पार्टनरमा मात्रै खोज्ने होईन तपाई आफू पनि डिसिप्लेनलाई ख्याल गर्नुहोस् । अन्यथा तपाई आफै पनि रिजेक्ट हुन सक्छ ।
ए: एज
समान उमेरको भावना धेरै हदसम्म समान हुन्छ । एकअर्काको समस्या पीडा आफ्नो र मनको वह भन्न समान उमेर भएका व्यक्तिहरुलाई सहज हुन्छ । दुई/तीन वर्षको अन्तरले खासै केही असर नगर्ला तर धेरै वर्षको अन्तर छ भने तपाईहरु बीच बेमेलको दुरी बढ्न सक्छ तसर्थ आप्mनो लाइफ पार्टनर खोज्दा उमेरलाई पनि ख्याल गर्न नबिर्सिनुहोस् नि ।
वाइ: योङ
पहाड नै फोड्ने जस्तो जाँगर चल्ने बेला हो युवावस्था । त्यसो त यो उमेरमा तपाईले आफूलाई जता केन्द्रित गराउनु भयो तपाईको भविष्य त्यतैतिर फलिफाप हुन्छ । त्यसैले तपाई आफूलाई राम्रो बाटोतर्फ लैजाने प्रण गर्नुहोस् । उमेरले योङ भएर मात्रै हुँदैन जोश जागर र क्षमताले पनि योङ हुन जरुरी छ । जीवनसाथीको छनौट गर्दा पनि योग्यता, क्षमता, बुद्धि, विवेक र व्यवहारमा योङ व्यक्तिलाई रोज्न जरुरी छ ।































प्रतिक्रिया