विद्युतीय कारोबार सम्बन्धी विधेयक समितिबाट चाँडै पारित हुन्छः सभापति खान

विद्युतीय कारोबार सम्बन्धी विधेयक समितिबाट चाँडै पारित हुन्छः सभापति खान

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय कारोबार सम्बन्धी विधेयक चाँडै पारित गर्ने बताएका छन् ।

उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘विद्युतीय कारोबार विधेयक समितिमा छ । यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ र पाँच सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपति समक्ष लगेर प्रमाणीकरण हुन्छ ।’

उनले अहिलेको आईटीको युगमा सबैले आफ्नो ढंगले विद्युतीय कारोबार गर्न पाउनुपर्ने भन्दै विधेयक छिटो छरितो ल्याउन तत्पर रहेको बताए । उनले भने, ‘अबको युग भनेको आईटीको युग हो । सबैले आफ्नो ढंगले व्यापार गर्न सक्नुहुन्छ । ऐन कानुन पक्कै आउछ । कारोबार त भइरहेको छ तर ऐन कानुनको प्रभावमा धेरै ठगिने समस्या बढेको छ । त्यसैले हामी यो विधेयक छिटो छरितो ल्याउन तत्पर छौँ ।’

सभापति खानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको राजनीति तरल अवस्थामा रहनका साथै विभिन्न वारहरू भइरहेको बताए । जसको प्रतिकूल प्रभाव नेपालमा पनि विभिन्न रूपमा आएको कारण सर्तक अपनाउन आवश्यक रहेको पनि उनको भनाइ छ ।

Logo