विदेश भ्रमणको आलोचना भएपछि कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

विदेश भ्रमणको आलोचना भएपछि कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

केन्द्रबिन्दु
117
Shares

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

केही दिनअघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि नैतिकताको आधारमा राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।

Logo