जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज (जेजीआई) ले माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर बजारमा ल्याएको छ ।
ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस बजारमा ल्याएको हो । यो उत्पादन अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाट उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
यस माउन्टेन आईसमा ६.५ प्रतिशत अल्कोहल भोलुम रहेको छ। ६५० एम.एल. को बोतलको मूल्य रु.२३० रुपैया पर्छ। उत्पादनले ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दावी छ।
‘अन्तरास्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहितल्याईएको हो’, जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिजका प्रबन्धनिर्देशक राजबहादुर शाहले बताए ।





























प्रतिक्रिया