धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल विहान ९ बजे सुरु हुनेछ ।
काठमाडौं गोल्डेन्सले आफ्नो पहिलो खेलमा धनगढीलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै, महेन्द्रनगर युनाइटेड भने आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो ।
त्यस्तै दिउँसो १ बजे हुने अर्को खेलमा घरेलु टोली धनगढी स्टार्सले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । फाप्ला क्रिकेट मैदानमा हुने खेलमा धनगढीलाई जित अनिवार्य छ । यसअघिका दुई खेलमा पराजित भएको धनगढी लिगको पुछारमा छ ।
धनगढी यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेट र दोस्रो खेलमा सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको थियो ।
यता विराटनगर पनि आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । त्यसकारण विराटनगर पनि आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।































प्रतिक्रिया