नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छः अर्थमन्त्री

नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छः अर्थमन्त्री

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् ।

नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरी काम गर्न सक्नुपर्ने बताएका हुन् ।

‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि मात्र नभएर संसारका सबै मुलुकका विद्यार्थीहरूका लागि समेत एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्रबिन्दुका रूपमा स्थापना गर्न सक्नुहोस् । यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरी काम गर्न सक्नुहोस्’, उनको भनाइ थियो ।

सरकार सुरुदेखि नै विश्वविद्यालयको प्रगतिका लागि साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामर्थ्यमा अगाडि बढ्ने हो । नेपाल विश्वविद्यालय साच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहन्छु । सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्ने तपाईहरुलाई साथ समर्थन रहँदै आएको हो ।’

Skip This
Skip This
Logo