एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको जानकारी दिएको हो ।

तत्काल कायम शेयरधनीहरुको लागि १० कित्ता साधारण सेयर बराबर ६.२५६ कित्ता शेयर (१०ः६, २५६) को अनुपातमा १०० रुपैयाँ अंकित दरको उक्त कित्ता सेयरको कम्पनीले बिक्री खुल्ला गर्नेछ ।

कम्पनीले कम्पनीको वेबसाइट र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइटबाट फारम भरी हकप्रदमा आवेदन दिन सकिने बताएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी लगायतका ठाउँमा गएर पनि आवेदन दिन सकिने बताइएको छ ।

इन्स्योरेन्सको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । एनएलजी इन्स्योरेन्सको १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात् इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९ सय ८२ रुपैयाँ पुग्नेछ ।

Logo