काठमाडौँ । समस्याग्रस्त सहकारीको अनुगमन गर्न सरकारले टोली गठन गर्ने भएको छ । समस्याउन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्नाका लागि बुधबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिम समेत आकलन गरी प्रतिवेदन पेश गर्न प्रत्येक प्रदेशमा कम्तिमा एक वटा विज्ञ सहितको टोली गठन गरी निश्चित कार्यादेश सहित भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खटाउने निर्णय गरिएको छ ।
सो टोलीमा वित्तीय क्षेत्रमा काम गरेका जनशक्ति अर्थ मन्त्रालयले र अन्य जनशक्ति संघीय मन्त्रालयले उपलब्ध गराउने उल्लेख छ । उक्त टोलीमा सम्बन्धित प्रदेशको सहकारी रजिष्ट्रार वा कर्मचारी र सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने बैठकले निर्णय गरेको छ ।































प्रतिक्रिया