कांग्रेसका सांसद तथा ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

कांग्रेसका सांसद तथा ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो । सांसद तामाङ अहिले ऊर्जा राज्यमन्त्रीसमेत हुन् ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँको कान्छाराम–एनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका हुन् ।

यससँगै कार्यालयले विभिन्न ठाउँमा निर्माणको ठेक्का लिएर समयमा काम नगर्ने १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । कार्यालयले कन्चनजंघा–बिरुवा जेभीको द कन्चनजंघा कन्स्ट्रक्सन कम्पनी प्रालि र बिरुवा कन्स्ट्रक्सन तथा पोखराको बिजी निर्माण सेवा प्रालिलाई पनि साढे २ वर्षका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा परेकाहरूले उक्त समयावधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ।

यस्ता छन् कालोसूचीमा परेका कम्पनीः

Skip This
Skip This
Logo