वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका हुन् । ट्रम्पले पहिलो नियुक्तिमा उच्च ओहोदाको जिम्मेवारीमा महिला सहयोगी छान्दै आफूलाई महिलामैत्री प्रमाणित गर्न खोजेका छन् ।
डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिना अघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ ।
रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा एक र्यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ’साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए । ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, “मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेका छैन । “मलाई लाग्छ हामी कुरा गर्नेछौँ।”





























प्रतिक्रिया