डीपीएल: रुपन्देहीको ११२ रनको लक्ष्य पछ्याउँदै महेन्द्रनगर

डीपीएल: रुपन्देहीको ११२ रनको लक्ष्य पछ्याउँदै महेन्द्रनगर

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगरलाई मात्र एक सय १२ रनको लक्ष्य दिएको छ ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलआउट भएको हो ।

खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो । खेलमा सुमित महर्जनले सर्वाधिक २७ रन बनाए ।

यस्तै विनोद भण्डारीले १९ रन बनाउदा सन्दिप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । महेन्द्रनगरका सिद्धान्त लोहनीले तीन तथा सागर ढकाल र अभिनाश बोहराले दुई दुई विकेट लिए ।

अहिले महेन्द्रनगरले ब्याटिङ् गरिरहेको छ।

Skip This
Skip This
Logo