काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ्गमा यो वर्ष स्नातक तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलक्षित स्वागत एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
च्यासलस्थित कलेजको आफ्नै सभा हलमा बीई कम्प्यूटर, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन, बीई सिभिल, बी आर्किटेक्चर, बीएससी सीएसआईटी र बीसीए कार्यक्रममा भर्ना भई अध्ययन गर्न आएका २८० जना विद्यार्थीलक्षित स्वागत एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन प्रा.डा. शुशिल बहादुर बज्राचार्यले कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय तथा इन्जिनियरिङ्ग अध्ययन संस्थानका नयाँ नीति तथा कार्यक्रमबारे प्रष्ट पारे ।

साथै नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिदै प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोबिन्द पोखरेलले विद्यार्थीहरुको अध्ययनकाललाई कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा दिशा–निर्देश गरेका थिए । कलेजका परीक्षा शाखाका प्रमुख टंकप्रसाद खनालले विद्यार्थीहरुलाई स्नातक तहमा सेमेस्टरअनुसार पढाइ हुने विषयहरुको पाठ्यक्रम तथा परीक्षाको सन्दर्भमा प्रष्ट पारेका थिए ।

कलेजका प्राचार्य किशोर गौतमले कलेजका नियमहरुको साथै विद्यार्थीहरुले कलेजमा अविलम्बन गर्नुपर्ने दैनिक कार्यहरुको साथै अनुशासन र आचरण तथा शैक्षिक नीतिगत विषयका बारेमा आफ्ना भनाई राख्दै कार्यक्रम समापन गरे । कार्यक्रमको संचालन ई. अशोक जि.एम.ले गरेका थिए ।





























प्रतिक्रिया