काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पलाताको थिर्पूबाट २० जना यात्रु बोकेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको हो । गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी १० जना घाइते भएका छन् ।
हाल उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।































प्रतिक्रिया