गाडी बोक्ने वाइबाको निधन

गाडी बोक्ने वाइबाको निधन

केन्द्रबिन्दु
0
Shares

काँधमा गाडी बोकेर राजधानी काठमाडौँ भित्र्याउने मध्येका एक जना जुक्त बहादुर वाइवाको निधन भएको छ। मकवानपुरको थाहा नगरपालिका ५ घर भएका  ९२ बर्षीय वाइबाको गएराती निधन भएको हो।

दमका रोगी वाइबाको केही साता अघि मात्रै काठमाडौँको बीर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर गाउँ फर्केका  वाइबाको घरमै निधन भएको थाहा नगरपालिका ५ का वडा सदस्य चमेली वाइबाले जानकारी दिईन्। वाइबाको भोलि अन्तिम सस्कारण गर्ने तयारी भैरहेको उनले बताइन।

२ छोरा र ३ छोरीका पिता वाइबाका अहिले ३२ जना सन्तती छन्।

केही साता अघि केन्द्रबिन्दुसँगको भेटमा वाइबाले  ७० वटा गाडी बोकेको बताएका थिए।    १६ बर्षदेखि गाडी बोक्न थालेका वाइबाले २००८ सालसम्म गाडी बोकेको बताएका थिए।  एउटा सिंगो इतिहासका साक्षी वाइवासँग केन्द्रबिन्दुले कुराकानी गरेको थियो ।

वाइबासँग गरिएको कुराकानीको सम्पादिन अंशः-

 

 

Skip This
Skip This
Logo