रवि लामिछानेसँग सरकारी वकिलको कार्यालयमा बयान लिइँदै

रवि लामिछानेसँग सरकारी वकिलको कार्यालयमा बयान लिइँदै

केन्द्रबिन्दु
51
Shares

गण्डकी । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रूपन्देही लगिएको छ ।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पुर्‍याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो । पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

Logo