ग्रेस इन्टरनेशनलको एडुभर्स मेलामा विद्यार्थीको सहभागिता बढ्दो, अब कहाँ कहिले हुँदैछ कार्यक्रम ? 

ग्रेस इन्टरनेशनलको एडुभर्स मेलामा विद्यार्थीको सहभागिता बढ्दो, अब कहाँ कहिले हुँदैछ कार्यक्रम ? 

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ग्रेस इन्टरनेशनलले विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना  गरेको ‘एडुभर्स २०२४’ शैक्षिक मेलामा विद्यार्थीको सहभागिता बढ्दो रहेको देखिएको छ । कात्तिक २६ गतेबाट सञ्चालन भइरहेको उक्त मेला ग्रेस इन्टरनेशनलले विदेश पढ्न जानेहरुको लागि मद्दत पुगाेस् भन्ने उदेश्यका साथ आयोजना गरेको हो । 

ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्र्यु पौडेलका अनुसार यो कार्यक्रम मंसिर ५ गतेसम्म देशभरका ९ प्रमुख शहरहरूमा सञ्चालन हुनेछ । मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन् । 

आज अर्थात् (बुधबार) काठमाडौंको पुतलीसडकमा सञ्चालन भइरहेको एडुभर्समा  विद्यार्थीहरूको सहभागिता पनि उच्च छ । यो मेला ग्रेस इन्टरनेशनलले तोकेको ठाउँमा एक दिन मात्र सञ्चालन हुने पौडेलले जानकारी दिए । 

मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउने पनि पौडेलले बताएका छन् । 

यस शैक्षिक मेलाबाट विद्यार्थीहरूले स्पट एड्मिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्नेछन् । जसले उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने पौडेलको भनाइ छ ।  

मेला कात्तिक २६ गते इटहरीमा भइसकेको छ भने आज २७ गते काठमाडौंमा सञ्चालन भइरहेको छ । यस्तै, कात्तिक २९ गते पर्सा, ३० गते नारायणघाट र मंसिर १ गते कावासोती नवलपुरमा मेला हुँदैछ । 

यसैगरी मंसिर २ गते बुटवलमा, ३ गते दाङमा, ४ गते बागलुङ र मंसिर ५ गते  पोखरामा भई शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने आयोजक टिमको अपेक्षा छ । 

विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका ब्रान्ड एम्बेस्डर दीपेन्द्रसिंह ऐरीले पनि अधिकांश शहरका मेलामा उपस्थिति जनाउनेछन् । 

विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्ने पनि पौडेलले जानकारी दिए ।  

विदेश अध्ययनको लागि जाने विद्यार्थीहरूको पुल बन्दै गएको ग्रेस इन्टरनेशनल आम विद्यार्थीहरूको सहजीकरणको एउटा लोकप्रिय माध्यम पनि बन्दै गएको छ ।

Logo