कैलाली । करेन्ट लागेर कैलालीमा एक शिक्षकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका २ साडेपानीमा करेन्ट लागेर दशरथ माविका शिक्षक २३ वर्षीय हुकुम जैशीको मृत्यु भएको हो ।
सरस्वती पुजाको तयारीका लागी हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार छुँदा करेन्ट लागेको हो । उपचारका लागी अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।





























प्रतिक्रिया