काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन थालेको छ । चितवनको भरतपुर महानगरपालिकाले आवश्यक पर्ने जग्गा उपलब्ध गराएपछि फाउण्डेशनको तयारी थालेको हो ।
फाउण्डेशनले ३ अर्बको लागतमा बनाउन लागेको रंगशाला जनस्तरबाटै सहयोग जुटाउने भनेको छ । त्यसको लागि आवश्यक सहयोग पनि प्रदान भईरहेको छ । त्यसको सँगसँगै फाउण्डेशनका अध्यक्ष सितारमा कट्टले ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आर्थिक सहयोग जुटाउनकै लागि भन्दै विभिन्न कार्यक्रममा सहभागी भईरहेका छन् ।
यसअघि विभिन्न वस्ति निर्माण गरेरको अनुभव बटुलेका धुर्मुस-सुन्तलीले रंगशाला बनाउने भन्नेमा आम जनमानस ढुक्क त छ तर सरकारले गर्नुपर्ने काम किन आफ्नो हातमा लिएको भन्दै कहि कतैबाट विरोधका स्वर पनि सुनिन थालेका छन् ।
विशेषगरी विदेशमै बस्ने नेपालीहरुले यसको विरोध गरिरहेका छन् । नेपालभित्र पनि विरोध सुरु नभएको होईन । विरोधकाबीच धुर्मुस-सुन्तली आफ्नो कार्यमा अघि बढिरहेका छन् ।
अबको अढाई वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेका धुमुर्स सुन्तलीकाबारेमा सर्वसाधारणको धारणा के छ त ? हेर्नुहोस तलको रोड शो भिडियोः





























प्रतिक्रिया