राजविराज
दाँतले टोकेर बिजुली तार बनाउन लाग्दा करेन्ट लागी सप्तरीमा एकजनाको मृत्यु भएको छ । जिल्लाको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ४ का ४५ वर्षीय किसुनदेब शर्माको करेण्ट लागेर शुक्रबार राती मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
करेण्ट लागी घाइते भएका उनलाई उपचारका लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । बिजुली गएको मौका छोपी बिजुली तार जोड्न खोज्दा उनलाई अचानक आएको विद्युतले करेन्ट लागेको थियो।
करेन्ट लागेर उनी बेहोस भएका थिए । गाउँमा भइरहेको हनुमान आराधना पूजाको भजन किर्तनका लागि स्पिकर साउण्डको तार दाँतले टोकेर बनाइरहेकै बेला अचानक बिजुली आएर करेन्ट लाग्दा उनको मृत्यु बताइएको छ ।





























प्रतिक्रिया