काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणालाई गृह जिल्ला डडेल्धुरामा फूलमालासहित स्वागत गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको छ ।
परराष्ट्रमन्त्री राणा शुक्रबार डडेल्धुरा जाने कार्यक्रम तय भएको छ । त्यसका लागि डडेल्धुरा कांग्रेस सभापति भीमबहादुर साउदले बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता–कार्यकर्ताहरूलाई उर्दी गरेका हुन् ।
उनले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन् । तर, यस विषयमा कांग्रेसकै केही नेता कार्यकर्ताहरूले भने असन्तुष्टि जनाएका छन्।
हेर्नुहाेस्, पत्र-
































प्रतिक्रिया