सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामाथि र्याफ्टिङ

सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामाथि र्याफ्टिङ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि र्याफ्टिङ गरिएको छ । सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक बढाउने उद्देश्यले र्याफ्टिङ गरिएको हो ।

ललितपुरको बागमति गाँउपालिका–६ को वडाध्यक्ष नारायण भोम्जनले बागमतीको सभ्यता जोगाउन र पर्यटक बढाउन र्याफ्टिङ सुरु गरेको बताए ।

बिहीबार बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट र्याफ्टिङ सुरु गर्दै उनले यो कार्यक्रमले काठमाडौं उपत्यकाको स्थानिय तहलाई पनि झकझक्याउन बताए । उनले भने, ‘यो हाम्रो बागमतीको सभ्यता र भविष्यमा बागमती खोला सरसफाई अभियानसँगै बागमति गाउँपालिकामा पर्यटकलाई कसरी भित्राउने भन्ने बारेको लागि र बागमति गाँउपालिकाले काठमाडौं उपत्यकाको स्थानिय तहलाई झक झकाउनको लागि पनि यो कार्यक्रम राखेको हो ।’

र्याफ्टिङको लागि तीन वटा बोट लगिएको भएतापनि त्यसलाई चलाउने जनशक्तिको कमी भएको कारण २ वटा मात्र सञ्चालन भएको हो ।

आजको कार्यक्रममा २, ३ सय जति सहभागीहरु छन् । र्याफ्टिङ बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट सुरु भएर बागमति गाँउपालिका वडा नं ४ आश्रङको लुग्नी व्यासीसम्म पुगेर सम्पन्न भएको छ ।

Logo