विश्वकपमा पुगेकाे नेपाली टोलीलाई नगदसहित सम्मान गरिने

विश्वकपमा पुगेकाे नेपाली टोलीलाई नगदसहित सम्मान गरिने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । पहिलो पटक आइसिसी यु १९ महिला विश्वकपमा छनोट भएकाे नेपाली टोलीलाई नगदसहित सम्मान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको हाे । साथै अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ । विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुँदैछ ।

Logo