‘फीन इलेक्ट्रो टेक २०२४’: एउटै छानामुनि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री [फाेटाेफिचर]

‘फीन इलेक्ट्रो टेक २०२४’: एउटै छानामुनि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री [फाेटाेफिचर]


काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आज (कार्त्तिक २९ गते)बाट सुरु भइसकेको छ । ११औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला भृकुटीमण्डपमा सञ्चालन भएको हो ।

‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ आयोजना यस मेलाका उद्घाटन शहरि विकास मन्त्रालयका मन्त्री प्रकाशमान सिंहले गरेका थिए । विद्युतीय सामग्रीको कुम्भ मेलाका रूपमा हेरिएको फीन इलेक्ट्रो टेकमा गुणस्तरीय सामग्री प्रयोगलाई प्राथमिकता दिँदै आयोजना गरिएको छ ।

आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन भएको यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ ।

Logo