काठमाडौँ
आइतबारदेखि देशैभर मौसम सफा हुने मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । गत बुधबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार ( आज )काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलको भनाई छ । काठमाडौं उपत्यकामा पनि बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएको र बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ ।
अब मौसम सफा भएपछि भने विस्तारै जाडो हटेर गर्मीको महसुस गर्न सकिने पनि विभागले जनाएको छ ।































प्रतिक्रिया