आशा लघुवित्तको आईपिओ तपाईलाई पर्यो कि परेन ? (हेर्नुहोस् नतिजा)

आशा लघुवित्तको आईपिओ तपाईलाई पर्यो कि परेन ? (हेर्नुहोस् नतिजा)

केन्द्रबिन्दु
0
Shares

आशा लघुवित्तको आईपिओ आज (शुक्रबार) बाँडफाँड भएको छ  ।

बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ भएको बाँडफाँड गरिएको हो।  जसमा  ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर  परेको छ भने कुल २ लाख ४७ हजार ४ सय ४६ आवेदक हात खाली भएका छन् ।   कुल आवेदक मध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

आइपिओमा १८.८० गुणा बढी अर्थात ३ लाख १३  हजार  ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको थियो   ।  यस मध्ये करिब ७ सय आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको गरेको हो  ।  कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुगेको छ  ।

नतिजा हेर्न यहाँ क्लिक गरेर आफ्नो नाम वा डिम्याट नम्बर राखेर सर्चमा क्लिक गर्नुहोस

Logo