बिग बास शुरु, सन्दीपको प्रदर्शन कस्तो होला ?

बिग बास शुरु, सन्दीपको प्रदर्शन कस्तो होला ?

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियन बिग बास क्रिकेट लिगमा मेलबर्न स्टार्सका तर्फबाट नेपाली यूवा बलर सन्दीप लामिछाने टोलीमा परेका छन्।

ब्रिसबेन हिट विरुद्धको खेल भर्खरै सुरु भएको छ। टस हारेको सन्दीपको टोली मेलबर्न व्याटिङ गरिरहेको छ।  बिग बासमा सन्दीपको टोली मेलबर्न स्टार्स शीर्ष चारमा छ। मेलबर्नको १२ खेलबाट १२ अंक छ ।आजको खेल जित्न सके मेल्बर्न स्टार्सले एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ।

उनको टोलीले अब ब्रिजबेन हिट र सिड्नी सिक्सर्ससँग खेल्न बाँकी छ। दुबैसँगको यसअघिको खेल मेल्बर्न स्टार्सले जितेको थियो। सिड्नी स्टार्सविरुद्धको खेल पाँच विकेटले जितेको मेल्बर्न स्टार्सले ब्रिजबेन हिटलाई पाँच रनले जितेको थियो। सिड्नी सिक्सर्सले भने अन्तिम चारमा स्थान सुरक्षित बनाइसकेको छ।

सन्दीपले बिग बासमा अहिलेसम्म ८ विकेट लिइसकेका छन्। बिग बासमा कन्ट्राक्ट हुँदाहुँदै उनले बंगलादेश प्रिमियर लिग खेलेका थिए।त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीका तर्फबाट यूएइसँग तीन–तीन सेरिजको ओडिआइ र टि–ट्वान्टी खेल्न यूएइ पुगेका थिए।

नेपाललाई ऐतिहासिक जित दिलाउन सफल सन्दीप फेरी सम्झौता अनुसार बिग बासलाई निरन्तरता दिन अस्ट्रेलिया पुगेका हुन्।

Logo