कुलमान घिसिङले गरे ‘फीन इलेक्ट्रो टेक -२०२४’को अवलोकन, यस्तो रह्यो दोस्रो दिन [फाेटाेफिचर]

कुलमान घिसिङले गरे ‘फीन इलेक्ट्रो टेक -२०२४’को अवलोकन, यस्तो रह्यो दोस्रो दिन [फाेटाेफिचर]

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । भृकुटीमण्डपमा नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित विद्युतीय सामग्रीको वृहत प्रदर्शनी मेला ‘फीन इलेक्ट्रो टेक–२०२४’ जारी छ । आज दोस्रो दिन ९ हजार बढीले मेलाको अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको घुइँचो लागेको छ ।

आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि फीन इलेक्ट्रो टेक मेलाकाे अवलोकन गरेका छन् । उनले अवलोकनको क्रममा यस मेलाले नेपालको विद्युतीय सामग्री प्रयोग गर्न र प्रोत्साहनमा मद्दत गर्ने बताएका छन् ।

मेलाको बारेमा जिज्ञासा राख्दै घिसिङले नेपालले विद्युत बंगलादेशसम्म विद्युत निर्यातको ढोको खोलिसकेको हुँदा यसको उत्पादन बढाउन सके र यससम्बन्धी सामग्रीले नेपालमै उत्पादन गर्न सके उपयुक्त हुने बताए ।

Skip This
Skip This
Logo