सांसद ह्रदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय विचौलियाको पक्षमा लागेको भन्दै खारेजको माग गरेका हुन् ।
किसानको लागि सरकारको लगानी अत्यन्त न्यून रहेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।’ २०३४ सालदेखि किसानको नाममा खर्च भएको तर किसानको लागि खर्च नभएको भन्दै सांसद त्रिपाठीले उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालयले व्यापारीको पक्ष लिएको आरोप लगाए ।
कृषकको पक्षमा आवाज उठाउँदै आफुलाई लाज लागेको भन्दै उनले भने, ‘जसलाई लाज लाग्नुपर्ने हो त्यसलाई लाज नलागेकोले म लाज नमानी भन्दैछु- देशका किसानहरु राज्यबाट सधैं उपेक्षित रहे, सरकार जसको भए पनि । विचौलियाको पक्षपोषण हुँदै गयो, अहिले पनि जारी छ । उत्पादक हैरान, विचौलियाहरु मालामाल हुँदै गए ।’
सरकारले गत वर्ष उँखुको खरिद समर्थन मूल्य तोके पनि चिनी मिलहरुले अहिलेसम्म पूरा भुक्तानी गर्न नसकेको उनले बताएका छन् ।





























प्रतिक्रिया