हस्तकलाका सामानहरू उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौँः सभापति श्रेष्ठ

हस्तकलाका सामानहरू उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौँः सभापति श्रेष्ठ

केन्द्रबिन्दु
6
Shares

हेटौँडा । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले बागमती प्रदेशमा बनेको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को कार्यान्यनका लागि आफूहरुले जोड दिइरहेको बताएका छन् ।

यस प्रदेशमा हस्तकलाका सामानहरु उत्पादन हुने र देशभित्र र बाहिर समेत जाने हुनाले यसको कानून बनाएर आफूहरुले कार्यान्वयनको चरणमा लगेको उनले बताएका हुन् ।

जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१, को समितिमा छलफलपछि संशोधन गरी प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरण समेत गरेर राजपत्रमा प्रकाशित भएपछि यसक्षेत्रका सरकोकारवालाहरु र पत्रकारहरुलाई जानकारी गरउँदै यस्तो कुरा बताए ।

यो कानून कार्यान्वयनका लागि पाइलट प्रोजेक्टका रुपमा कार्यान्यनमा जान लागेको समेत उनले बताए । कार्यक्रममा मकवानपुर हस्तकला संघका संस्थापक अध्यक्ष ज्ञानभक्त लामाले हस्तकलाको क्षेत्रमा धेरै काम भएको र यसलाई फराकिलो रुपमा बुझ्नका लागि प्रदेश सरकार र सांसदहरुलाई आग्रह गरे ।

हस्तकलाको क्षेत्रमा आफूले विगत ५० वर्षदेखि काम गर्दै आएको तर, यस क्षेत्रमा राज्यले कुरा नबुझ्दा थप समस्या भएको उनले बताए । हस्ताकला संघका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्यसंघका पूर्वकेन्द्रीय सदस्य सर्मिला डंगोलले हस्तकलाका कारण विदेशमा चिनाउन सकिएकोले यस क्षेत्रमा सरकारले पनि ध्यान दिन जरुरी रहेको बताए ।

हस्तकलाको क्षेत्रमा थोरै लगानीबाट धेरै कामदार राखेर काम गर्दा थप रोजगारीको समेत सिर्जना भएकाले यसक्षेत्रमा सरकारीले कानून मात्र बनाउने होइन कि काम गरिरहेकाहरुलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सचिब राजु श्रेष्ठ लगायतकाको कार्यक्रममा आतिथ्य रहेको थियो ।

Logo