सुर्खेत ।
नेपाल स्काउट कर्णाली प्रदेशका नवनियुक्त स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक महेन्द्रबहादुर शाही तथा सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट दल रावलको उपस्थितिमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।
सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक स्थानीय तहमा स्काउटको तालिम पुर्याउने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा शुभकामना पनि दिएका थिए । उनले नकारात्मक चिन्तनलाई सृजनात्मक बनाउँदै प्रदेशका ७९ वटै स्थानीय तहसँगै विद्यालयमा स्काउटको विस्तार गरिने बताए । उनले युवाहरुको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको पनि बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका शुरुदेखि नै महत्वपूर्ण रहेकाले प्रदेशभर विस्तारका लागि काम गरिने जनाएका थिए । उनले बालबालिका तथा युवालाई स्काउटमार्फत सहभागी गराई उनको शारीरिक, मानसिक एवम् बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाईने बताए ।
तदर्थ कर्णाली प्रदेश स्काउटका नवनियुक्त सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ । त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ ।
प्रदेश राजधानी सूर्खेतमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक माननीय मुख्यमन्त्री तथा प्रदेश प्रमुख स्काउटलाई स्काउटको दीक्षा प्रदान गरेका थिए । नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षासँगै पद तथा गोपनीयताको सपथ गराएका थिए ।





























प्रतिक्रिया