नेपालका दुई विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

नेपालका दुई विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपालका २ वटा विद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । नेपाल अटोमोबाइल एसोशिएसन (नासा नेपाल)ले भियतनाममा अवस्थित एआईपी फाउण्डेसनको सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तगर्त काभ्रेको धुलिखेलमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ललितपुरको भैँसेपाटीमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयलाई स्टार रेटिङ प्रदान गरेको हो ।

लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक विद्यालय र आदर्श सौलः युवक माध्यमिक विद्यालयले क्रमशः ४.५ स्टार र ४.२ स्टार रेटिङ प्राप्त गरेका छन् ।

काठमाडौँमा आयोजित नेसनल युथ कन्फेरन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी सम्बन्धी राष्ट्रिय युवा सम्मेलनमा विद्यालय, सम्बन्धित स्थानीय निकाय तथा अभियानमा संलग्न व्यक्तिहरुलाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपालका संयोजक एवं पूर्वमन्त्री योगेश भट्टराईले अवार्ड वितरण गरेका हुन् ।

समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवास भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमन र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धी प्रस्तुति गरेका थिए ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटीका संयोजक एवं पूर्वमन्त्री भट्टराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरीले सडक दुर्घटनाका कारण युवाहरुको अकालमा ज्यान गइरहेको प्रति सरकार चिन्तित रहेको बताए ।

कन्फेरन्सको उद्घादन गर्दै मन्त्री चौधरीले सडकमा ज्यान जाने क्रम रोक्नका लागि आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको सहकार्य रहने छ ।

Skip This
Skip This
Logo