उच्च अदालत विराटनगरबाट १२ जनालाई थुनामै राख्न आदेश : सुन तस्करी प्रकरण

उच्च अदालत विराटनगरबाट १२ जनालाई थुनामै राख्न आदेश : सुन तस्करी प्रकरण

केन्द्रबिन्दु
0
Shares

विराटनगर

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश सुनाएको छ । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिएकामा भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, रामहरि सुवेदी, लक्षुबहादुर गुरुङ, रेवतकुमार आचार्य, बेनु श्रेष्ठ, छिरिङ बाग्ले घले, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगाना छन् ।

सलमान खान भनिने सैयद अकबर र डब्बु भनिने इम्तियाज उद्दिनलाई जिल्ला अदालतको आदेश बदर गर्दै जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश भएको छ । यी १२ मध्ये आठजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो भने चार जनालाई धरौटीमा रिहा गरेको थियो । अब जिल्लाले धरौटीमा रिहा गरेका चारजनालाई पनि थुनामा पठाउने आदेश भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo