काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार पक्राउ पुर्जी जारी गरेको हो ।
उनीमाथि काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप छ । हाल उनी कास्की प्रहरीको हिरासतमा छन् ।





























प्रतिक्रिया