ब्रासिलिया । ब्राजिलकी प्रथम महिला रोजाङ्गेला ‘जान्जा’ दा सिल्भाले शनिबार एक्सका अर्बपति मालिक एलोन मस्कको अपमान गरेकी छिन् ।
जी–२० शिखर सम्मेलनअघिको एक कार्यक्रममा उनले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा वकालत गरिन् ।
दुष्प्रचारबारे एक प्यानल छलफलमा बोल्दै गर्दा उनी चर्को आवाजले चकित भएको देखिएकी थिइन् । “मलाई लाग्छ यो एलोन मस्क हो”, उनले भनिन्, “म तपाईंसँग डराउँदिन, तपाईंलाई धिक्कार छ, एलोन मस्क ।”
यस घटनाको भिडियो एक्समा छिटै फैलियो । यसबाट यसका बोल्ने स्वभावका मालिकबाट प्रतिक्रिया आयो । “उहाँहरूले अर्को चुनाव हार्नुहुनेछ”, दुईवटा हाँस्ने इमोजी थप्दै मस्कले लेखे । टाइकुन तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनका भावी सदस्यको ब्राजिलसँग जटिल इतिहास छ । देशको सर्वोच्च अदालतले दुष्प्रचारसम्बन्धी कानूनी विवादको हिस्साका रूपमा यस वर्ष एक्सलाई ४० दिनका लागि निलम्बन गरेको थियो ।
वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दुष्प्रचारविरुद्धको वैध उपायका रूपमा निलम्बनलाई स्वागत गरे । शीर्ष अर्थतन्त्रहरूको जी–२० शिखर सम्मेलन सोमबार र मङ्गलबार रियो दि जेनेरियोमा हुनेछ ।





























प्रतिक्रिया