राष्ट्रपतिका लागि खरिद गरिएको हेलिकप्टरमा बद्नियत

राष्ट्रपतिका लागि खरिद गरिएको हेलिकप्टरमा बद्नियत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले राष्ट्रपतिका लागि किनेको डेढ अर्ब रुपैयाँभन्दा बढीको हेलिकप्टर खरिदमा वद्नियत देखिएको छ । खरिद सम्झौता अनुसार स्पेयर्स पार्टस् नआएपछि राष्ट्रपतिका लागि भनेर किनिएको इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर नेपाली सेनाले स्वीकार गर्न नमानेको हो ।

ग्लोबल टेण्डरबिनै सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएर स्थानीय एजेण्टमार्फत इटालीको उत्पादक कम्पनीसँग हेलिकप्टर खरिद सम्बन्धी सिधै डिल गरेको थियो ।

मंसिर तेस्रो साता इटालीबाट आइपुगेको हेलिकप्टरको सेनाका विमान चालकबाट परीक्षण उडानसमेत भइसकेको छ । परीक्षण उडान लगत्तै हस्तान्तरण प्रक्रिया अघि बढाउन अगुष्टा कम्पनीले जोडबल गरेको थियो । तर सम्झौता अनुसार कागजात परीक्षण गर्दा पाटपुर्जा नआएको पाइएपछि सेना हस्तान्तरण प्रक्रियाबाट पछि हटेको हो ।

सेनाले अतिरिक्त पार्टपुर्जाबिना स्वीकार नगरेपछि अढाई महिनादेखि उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । हेलिकप्टर अस्वीकारसँगै सेनाले खरिदबापत लाग्ने बाँकी रकमको भुक्तानी समेत रोकिदिएको छ । सेनाले हेलिकप्टर हस्तान्तरण भइसकेपछि मात्रै रकम भुक्तानी हुने स्पष्ट पारेको छ ।
कारोबारबाट

Logo