काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।







































प्रतिक्रिया