देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
३३ किलो सुनकाण्ड: यूएईबाट सुन पठाउने खड्का पक्राउ
३३ किलो सुन तस्करी काण्डमा मुछिएका एक व्यक्ति यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिशरण खड्का रहेका छन्। प्रहरी प्रधान कार्यालय, काठमाडौंका अनुसार उनलाई केही दिनअघि यूएईमा पक्राउ गरिएको हो । खड्काबिरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ५ लाख रुपैयाँ दिने सरकारको घोषणा
सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।
सुनको भाउ ११ सयले बढ्यो
पछिल्लो हप्ता सुनको भाउ निरन्तर उकालो लाग्न थालेको छ। यो साताभरमा सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढेको छ।
आइसीसी वरियतामा नेपालको छलाङ्, को खेलाडी कहाँ ? (भिडियोमा)
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको बरियतामा नयाँ किर्तिमान रचेको छ । बिश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्बजनिक गरेको बरियतामा नेपालले फड्को मारेको हो । यस अघि बरियतामै नरहेको नेपाल शृंखला जितेपछि १४ औ स्थानमा पुगेको छ । नेपालको हाल ३०३ रेटिंग रहेको छ ।
‘सालको पात..’ विवाद र कानूनी प्रावधान
चर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् । नेपाल आइडल सिजन–२ का विजेता रबि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् ।
यसरी मनाए टुंडिखेलमा तामाङले ल्होछार (भिडियोमा)
टेलिकमका ग्राहकलाई अफर नै अफर
नेविसंघका अध्यक्ष नैनसिंह महर पक्राउ
श्रीमानले अपहरण गर्ने, श्रीमतीले असुल्ने
यी २१ विषादी बिक्री गरे तीन महिना जेल
जहाँका बासिन्दाले तीन महिनादेखि पानी पाएका छैनन्
तरकारी बिक्री हुन छाडेपछि किसानहरु मारमा (भिडियोमा)
अष्ट्रेलियामा भीषण बाढी, ११ हजार परिवार प्रभावित
जसले मरेपछि आफुसँगै लिएर गए १५ अरब रुपैयाँ
चलचित्र गुप्तको गीतले सनसनी मच्चायो ( भिडियो सहित )
पूर्वमन्त्रीद्वय सहित १४ जना विरुद्ध ३१ करोड ५२ लाखको भ्रष्टाचार मुद्दा दायर
ग्रिन लाइफको आईपिओ खुल्यो (सूचनासहित)
बिबाहपछि पूर्व ब्वायफ्रेण्डसँग स्क्रिन शेयर गर्दै दीपिका
आर्यन सिग्देल बुवा बन्दै
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया