पछिल्लो हप्ता सुनको भाउ निरन्तर उकालो लाग्न थालेको छ। यो साताभरमा सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढेको छ।
सुनको भाउ मंगलबार पनि प्रतितोला १०० रुपैयाँले बढेर ६२ हजार ६ सय रुपैयाँमा काराोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै प्रति १० ग्राम ५३ हजार ६७० रुपैयाँमा कारोबार भएको छ। सुनसँगै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ७८५ रुपैयाँमा कारोबार भएको छ। एक वर्षको अवधिमा चाँदीको भाउ भने अधिकतम ८०० रुपैयाँ सम्म पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा डलरको अवस्था कमजोर बन्दै गएपछि सुनको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयरको बजार पनि गिरावट हुने क्रममै रहेको छ। डलर र शेयर बजारमा गिरावट आएसँगै लगानीकर्ता सुनमा आकर्षित भएकाले सुनको भाउ बढेको हो।
सुनको भाउ २०७० भदौ १२ गते ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसपटक पनि सुनको भाउले यो रेकर्ड छुने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको कारोबार प्रति औन्स १३१२ डलरमा कारोबार भैरहेको छ ।































प्रतिक्रिया