नेइमार २७ वर्षका हुँदा रोनाल्डो ३४ वर्षमा टेके

नेइमार २७ वर्षका हुँदा रोनाल्डो ३४ वर्षमा टेके

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चर्चित फुटबलर नेइमार २७ वर्षमा लागेका छन् । यतिबेला उनी चोटका कारण घरमै आराम गरिरहेका छन् ।

उनले आफ्नो जन्मदिनको पार्टी सोमबार राति भव्य रुपमा गरेका छन् । चोटमै रहे पनि उनले साथी खेलाडी तथा परिवारको साथमा जन्मदिनको पार्टी गरेका हुन् ।

पेरिसमा भएको भव्य पार्टीमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) का जियान लुइजी बुफोन, एन्जल डी मारिया, डानी अल्भेस, मार्को भर्राट्टी, थिएगो सिल्भा, अल्फान्सो एरिओलासहितका साथी खेलाडी उपस्थित थिए ।

नेइमार मंगलबारदेखि २७ वर्ष लाग्दा अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डो ३४ वर्ष लागेका छन् । उनीको जन्म पनि फेब्रुअरी ५ मै भएको हो ।

Skip This
Skip This
Logo