ग्रिन लाइफ इनर्जी लिमिटेडले आज (मंगलबार) देखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतंम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि ग्रिन लाइफको आयोजना स्थलको कार्यालय, सेन्चुरी बैंकको सिंगटी र चरिकोट शाखा, र प्राइम कमर्शियल बैंकको जिरी र बैतेश्वर शाखा केन्द्र तोकिएका छन् ।
आवेदन दिनको लागि छिटोमा फागुन ७ र ढिलोमा फागुन २७ गतेसम्म मिति तोकिएको छ । कम्पनीले ग्रेड ४ को रेटिंग पाएको छ ।































प्रतिक्रिया