काठमाडौँ । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो ।
धातुसहित गोसाइँकुण्ड गाउँपालिका ३ ब्रीद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पनि पक्राउ परेका छन् ।
उनले लुकाइछिपाइ ल्याइएको उक्त धातु, मोटरसाइकल र मानिससहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया