काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको च्यासलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार हिमालयन इन्जिनियरिङ कलेजको आयोजनामा कलेजको भवनमा भएको शिविरमा ४५५ जना बिरामीको उपचार गरिएको हो ।
शिविरमा १०३ जनाको ल्याब परीक्षण, ८७ जनाको ईसीजी र ७५ जनाको भिडियो एक्सरे गरिएको थियो भने २७ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।





























प्रतिक्रिया