पत्रकार आचार्यलाई धम्की दिइएकोप्रति महासंघको आपत्ति

पत्रकार आचार्यलाई धम्की दिइएकोप्रति महासंघको आपत्ति

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । प्रकाशित समाचारको विषयलाई लिएर महासंघको एसोसिएट प्रदेश समितिका महासचिव तथा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखले पैसा खाएर विद्यार्थी पास गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा प्रमाणसहित केटीएम भ्वाइसमा समाचार प्रकाशन भएको थियो ।

सोही समाचारको विषयलाई लिएर सम्पादक आचार्यलाई विभिषा पोखरेल भन्ने व्यक्तिले फोन गरेर धम्क्याएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याएको घटना प्रेस स्वतन्त्रताविरुद्ध भएको जनाएका छन् ।

Skip This
Skip This
Logo