‘ट्राफिक व्यवस्थापन डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा’ : महाशाखा प्रमुख भट्टराई

‘ट्राफिक व्यवस्थापन डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा’ : महाशाखा प्रमुख भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नु पर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उनले बताए । यसबाट बैंकमा लामो लाइन लाग्नु पर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए।

ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि बताए। अहिले ट्राफिक कारबाहीमा परेमा लिनु पर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताए।

Logo