पेट्रोलियम पाईपलाईन विस्तारका लागि निकुञ्जका साढे ६ हजार रुख काटिने

पेट्रोलियम पाईपलाईन विस्तारका लागि निकुञ्जका साढे ६ हजार रुख काटिने

केन्द्रबिन्दु
0
Shares

बारा

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाईन परियोजनाको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिने भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने निकुञ्ज क्षेत्रका तीन हजार दुई सय ७३, मध्यवर्ती वन क्षेत्रका एक हजार एक सय १६ र मध्यवर्ति सामुदायिक वन क्षेत्रका दुई हजार एक सय ७४ रुख काटिने भएको हो । पाईपलाईन विस्तारमा अवरोध भएको भन्दै निकुञ्ज क्षेत्रको रुख काट्न माघ ३ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।

करिव नौ किलोमिटर क्षेत्रमा ३० डायमिटर भन्दा ठूला तीन हजार पाँच सय ९६ वटा र पोल साइजका दुईहजार नौ सय ६७ वटा रुख काटिने भएको हो । रुख कटान नहुँदा पथलैयादेखि अमलेखगञ्जसम्म झण्डै नौ किलोमिटर क्षेत्रमा पाइपलाइन विछ्याउने काम सुरु हुन सकेको छैन ।

टिसिएनको शाखा कार्यालय पथलैयाले गत ८ माघमा निकुञ्ज अन्तर्गत छपान भएका रुखहरुबाट काठ दाउरा कटान, मुछान, ढुवानी, पाइलिङ र चट्टा निर्माण आदि कार्यहरु गर्नका लागि बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्र ९ फागुनमा खुल्ने छ । बोलपत्र खुल्ने वित्तिकै रुख कटान सुरु हुने टिसिएन पथलैया शाखाकी रेन्जर सुश्मा लामाले बताईन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo