रुकुमपूर्वमा सदरमुकामको विवाद चर्किदै : अनिश्चितकालका लागि कर्फ्यू जारी

रुकुमपूर्वमा सदरमुकामको विवाद चर्किदै : अनिश्चितकालका लागि कर्फ्यू जारी

केन्द्रबिन्दु
0
Shares

रुकुमपूर्व

रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६ ) को उपदफा (३) अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । रुकुमपूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विषयको विवाद चर्किदै जाँदा रुकुमपूर्व केही दिनयता अशान्त छ ।

सरकारले रुकुम जिल्लालाई विभाजन गर्दा रुकुमपूर्वको अस्थायी सदरमुकाम रुकुमकोट तोकिएको थियो । तत्कालिन शेरबहादुर देउवा सरकारले एक वर्ष अघि पुथाउत्तरगंगा गाउँपालिका १२  गोल्खाडालाई राजधानी बनाउने निर्णय गरेपछि विवाद उब्जिएको हो ।

अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo