काठमाडौं । चाबहिलमा अवस्थित सेन्ट लरेन्स कलेजले प्लस टु तहअन्तर्गत कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयाेजित स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले आफ्ना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले २७ वर्षको इतिहास बोकेको र देशभरका प्लस टु हरूमध्ये उत्कृष्ट ८ मा पर्न सफल भएको कलेज रोजेको भन्दै विद्यार्थीहरूलाई बधाई दिए । उनले तीन महिनाअघि मात्रै सोही हलमा विद्यार्थीहरूलाई कक्षा ११ का लागि अभिमुखीकरण गरेको स्मरण गर्दै विद्यार्थीहरूले कलेजका बारेमा धेरै कुरा बुझिसकेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले २७ वर्षसम्म विभिन्न आरोह अवरोह पार गरेर कलेज आजको स्थानसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रम अवलोकन गरिरहँदा पूर्व विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेर सम्मान पाएको र उनीहरू देश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा कार्यरत छन् भन्ने थाहा पाउँदा हर्ष लागेको बताए।
महानगरमा झन्डै २ लाख ८० हजार विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरेका उनले सेन्ट लरेन्स विद्यार्थीले नेपाल टप गर्नु गर्वको विषय भएको भन्दै बधाई दिए।

यसैगरी कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले चाबहिलमा उत्कृष्ट कार्य र नतिजा सहित सेन्ट लरेन्स कलेज रहेको र निरन्तर रहने बताए । उनले विभिन्न विषयमा अध्ययन गरेर आज सफल भएका पूर्व विद्यार्थीहरूको उदाहरण दिँदै हाल अध्ययनरत विद्यार्थीले पनि त्यस बाट प्रेरणा लिनुपर्ने उल्लेख गरे ।
यस कलेजले वितेको करिब तीन दशकदेखि अविछिन्न रुपमा पठनपाठन गराइरहेको छ । वि.सं. २०५४ सालमा स्थापना भएको यो शैक्षिक संस्थाले एक गौरवमय इतिहास बनाइसकेको छ । यो सम्पूर्ण शिक्षाको बलियो जग हो, जहाँ नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिन्छ । चार हजार जना विद्यार्थीले पठनपाठन गर्ने सेन्ट लरेन्स आफैंमा एक बृहत शैक्षिक परिवार हो ।































प्रतिक्रिया